मैले गाएका धेरै गीत हरु मद्धे म आफैलाइ नै मन परेको गीत हो घुमि घुमि झन भिडियो सहित हेर्दा त म निक्कै खुशि छु। अनि मेरो यो सधैको टीम भन्दा फरक टिम सङ्गको सहकार्य पनि हो आशा छ यहा हरु लाइ पनि मन पर्ने छ🙏🏿🙏🏿💐💐
जति सुने पनि सुनिरहूँ लाग्ने गीत, जति हेरे पनि हेरिरहूँ लाग्ने भिडियो, हरेक पटक सुन्दा र हेर्दा केही नयाँ कुरा पाएजस्तो लाग्ने एउटा साङ्गीतिक कथा, एउटा कथा मात्र नभएर यसले नेपाली सङ्गीतमा नयाँ आयाम थपेको छ । अझै यस्ता सिर्जनाको अपेक्षासहित बधाई टिमका सबैलाई । घुमीघुमीलाई मीठो सफलताको शुभकामना 🎉
एकदमै उत्कृष्ट गीत बनेको रहेछ त्यसमाथि बिपिन कार्की र अन्जना बराईलिको लोभलाग्दो अभिनय र सुजन चापागाईं र शान्ति श्री परियारको मंत्रमुग्ध स्वर भएपछि त सक्किगोनी। सफलताको हार्दिक शुभकामना घुमी घुमी टिमलाई॥
आज अन्जनाको टिकटक बाट यता आउने अवसर जुर्यो। सुनेको, हेरेको, राम्रो गित संगीत र अभिनय को सर्हाना पनि गरेको तर अन्जनालाइ याद नगरिएको रहेछु। पुन एकपटक युट्युब मा चल्नु पर्छ भन्ने ठान्दछु।
Thank you for showering overwhelming response and love !!! I,m so grateful to each one of you !!!💖🙏 यहाँहरु मध्ये कति जनालाई भिडियो अलि लाम्चो लाम्चो, केही नमिले नमिले जस्तो लाग्यो होला है ? त्यस्को कारण कुनै प्राबिधिक त्रुटि नभई "एनामोर्फिक लेन्स" को प्रयोग गरिएकाले त्यस्तो देखिएको हो । नेपालमा यो लेन्सको प्रयोग हुने गरेको छैन(बडो मिहेनत्का साथ ईण्डिया बाट मगाईएको थियो।) त्यसैले यस्को ईमेजमा हाम्रो बानी नबसेको कारण अलि अनौठो हुनु स्वभाविक हो । यो हेर्दै गए पश्चात् सामान्य लागि हाल्छ । हामीलाई लाग्यो कि हाम्रा भिज्युअल कन्टेन्टमा सिनेम्याटोग्राफीका बिबिध आयामहरुलाई हेर्दै ,सिक्दै, अनुभव गर्दै दर्शकहरुलाई देखाउदै, अनुभव गराँउदै अघि बढ्नु पर्छ सोही कारण हामिले सुन्दै मात्र आएको तर प्रयोगमा नाअएको एनामोर्फिक लेन्सको प्रयोगमा जोड गर्यौ र प्रयोग गर्न सफल भयौं । जे जस्तो भएनी नतिजा हजुरहरु समक्ष छ ।
कति मीठो सिर्जना, उत्कृष्ट कलाकारिता, आँखामा बसिराख्ने दृश्यांकन, हेर्दाहेर्दै आँशु झरेको पत्तै पाईन ! बधाई तथा शुभकामना घुमी घुमी टिमलाई!!!
यो गितको पुरै टिमलाई "जेलमा" राख्दे सरकार । यसरी, आत्मा छुने शब्द, मुटु छुने आवाज र मनै भत्काउने अभिनयले अरुको मन मुटु चिसिक्कै पार्न पाइन्छ ?
अभिनयमा चुर्लुम्म डुबिएछ हेर्दा हेर्दै गीतले भनेको कुरा बुझ्न अर्को पटक हेर्न पर्ने भयो ❤️ कति राम्रो वाह !!😍❤️
I m from india. I love this story. I love nepal culture 🙏🏻 love from Uttarakhand india ❤️❤️❤️❤️
मुटुमा हान्यो गित ले जति हेर्दा नि चित नबुझ्ने शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
🎉🎉करिब दुई वर्ष को अन्तरालमा फेरि पनि झस्कायो यो गीतले ,हुनत मैले गीत हरु त्यति सुन्दिन ,तर यो गीत सुन्न भन्दा पनि अनन्त गहिरामा डुबाउँछ यसरी डुबाउँछ लाखौं गुना मजबूत सबमरीन ले पनि नियाल्न नसकोस् ,न कसैको याद न त कसैको प्रेम मा भुले तर यो गीतले कता कता मर्म स्पर्श मनमा गराई नै रहन्छ,धन्यावाद सुजन जी ,भगवान छ कि छैन त्यो त थाहा छैन ,तर तपाईंलाई कृपा गरिरहनु, दोस्रो गीतको प्रतीक्षा...........
तिनपाते , गाला पुक्क , लजाएर , घुमी घुमी सबै उत्कृष्ट .. Always big fan ❣️
यो गित सुरुमा सुन्दा खासै राम्रो लागेको थिएन तर अहिले जति सुनेपनि सुनिरहु लागि रहन्छ। बिपिन कार्कीको अभिनयको तारिफ नगरि बस्न सकिएन। 👏👏
एउटा गाउको सामन्री मान्छे, भक्ते जस्ता पात्रहरू हाम्रो समाजमा हेपिन्छ, गिज्याइन्छन। कसरि Director ले यो पात्रलाई यति मिठोसङ्ग प्रस्तुत गर्न सकेका होलान
सुजन दाईको गीत सुन्दा अति आनन्द आउँछ जिउ नै सिरिंग हुन्छ
कलाकार भनेको त बिपिन कार्की जस्तो हुनुपर्छ ! यो अभिनयको त तारिफ गर्ने शब्द पनि भेट्न गार्हो भयो ! कस्तो जिवन्त अभिनय मन भित्रै बाट वहा भन्न मन लाग्यो ! यो गितको पुर्ण सफल्ताको कामना !
यो गीतले के प्रमाणित गर्छ भने मेहनत र लगनका साथ नेपाली लोक संगितलाई नया स्वादमा पस्कन सक्यो भने विश्व संगितको भूगोलमा नेपाली गीत संगितले राज गर्ने छ। शव्द, अभिनय र गायनको हिसावमा यो अव्वल गित हो। सुन्दा हेर्दा दिमाग सुन्य हुन्छ, मानैकि म कतै deep meditation मा छु। सम्पर्ण टिम धन्यवादका पात्र छन।
धन्यवाद येति मिठो गित को लागि । हाम्रो आफ्नो गाउँ घर को भाका तेस्तै कथा । बिदेशी भुमी मा बसेको ले अझ राम्रो सङ बुझ्छ्न यो भाका र गित को महत्व । love from कुवैत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 kuwait ...yo man ta
कसैले कसरी यती मिठो गाउन सक्छ❤❤❤❤
@SujanChapagain